कैलाली, २०७२ फाल्गुण १५ । नेपाल वाङ्मय परिषद धनगढी, कैलालीले यस वर्षदेखि
प्रारम्भ गरिएको ‘नेपाली वाङ्मय साधना सम्मान’ नेपाली साहित्यको श्रीवृद्धिका लागि
साहित्य लेखन, सांगठनिक गतिविधि एवम् साहित्यिक पत्रकारिताको माध्यमबाट
महत्वपूर्ण योगदान गर्नु हुने साहित्यकार मोहन दुवाललाई एक समारोहका बिच प्रदान
गरेको छ । दुवाललाई सम्मानपत्र, दोसल्ला, नगद रू. १०,००१÷– हस्तान्तरण गरियो । यस सम्मानका संस्थापक नेपाल वाङ्मय
परिषदका अध्यक्ष पुष्करराज भट्ट हुनुहुन्छ ।
परिषदका अध्यक्ष पुष्करराज भट्टको सभापतित्व, सचिव बाबुराम आचार्यको
सञ्चालन एवम् साहित्यकार तथा प्रमुख जिल्ला अधिकारी मोहन चापागाईको प्रमुख
आथित्यमा सञ्चालन गरिएको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा
सदस्य वासदेव पाण्डेय, सु.प. साहित्य समाजका अध्यक्ष रामलाल जोशी, साहित्यकार
मानबहादुर पहाडी, महाकाली साहित्य संगमका अध्यक्ष वीरबहादुर चन्द, साहित्यकार
मनिराज जोशी, दिनानाथ भट्ट, जयमालिका कलेजका क्याम्पस प्रमुख भीमबहादुर बोहरा, राष्ट्रिय
जनसांस्कृतिक महासंघका के.स. भुवन रिजाल, समकालीन साहित्य समाजका अध्यक्ष कल्याण ओझा,
प्रलेस रापस
केदारप्रसाद आचार्य, प्रलेस रापस खगेन्द्र जोशी लगायतका साहित्यकारले आफ्नो
विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत भाषण तिलक सिंहले सम्मानित प्रतिभाको जीवनी एवम्
व्यक्तित्वको बारेमा तुलसी शर्माले विचार व्यक्त गर्नुभएको थियो । सम्मान समारोहमा
वासुदेव पाण्डेय, हेमन्ती जोशी, एन.के. जोशी, योगराज आचार्य, युगीन विवेक,
गोठाले कान्छा,
राजकुमार जोशी,
नरेश विक,
शिक्षा जेठारा,
टि.एन जोशी,
मनिराज जोशी,
दिनानाथ भट्ट,
वीरबहादुर चन्द,
रघुनाथ जोशी,
तीर्थराज भट्ट,
कल्याण ओझा,
खगेन्द्र जोशी,
अम्बिका
भण्डारी, झलक भट्ट, तोयानाथ भट्ट, सुशान्त जोशी, रूपा साउद, सुरेन्द्र पन्त,
मनोज विवश,
मेघनाथ बन्धु,
तिर्थराज भट्ट,
सुशीला धामी,
जनक रसिक,
चक्र चनारा,
यज्ञराज यात्री,
बसन्त विक,
भुवन निस्तेज
लगायतका स्रष्टाले आफ्ना रचना वाचन गर्नु भएको थियो ।


No comments:
Post a Comment